
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । काठमाडौं उपत्यकाको निषेधाज्ञा थप खुकुलो गर्न आज आइतबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रजिअहरूको बैठक बस्दैछ । उक्त बैठक अपरान्ह ३/४ बजे बस्ने भएको हो । उक्त बैठकमा छलफल गरेपछि निषेधाज्ञा थप गर्ने र कुन-कुन क्षेत्र खुल्न दिने भन्नेबारे निर्णय हुनेछ ।
अहिले खाद्यान्न र तरकारी पसल बिहान ११ बजेसम्म खोल्न पाइन्छ भने निर्माण सामग्रीका पसल अपरान्ह ४ बजेपछि खुल्दै आएका छन् । यता समय तोकेर कपडा पसललगायत पनि खुल्न दिने बताइएको छ । गत वैशाख १६ गतेदेखि लगाइएको निषेधाज्ञालाई भने निरन्तरता दिईने भएको छ । यसअघि कोरोना निर्देशक समितिको बैठकले आर्थिक क्षेत्र चलायमान हुने गरी असार दोस्रो सातादेखि स्मार्ट लकडाउन गर्ने निर्णय गरेको थियो।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्