×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मेलम्चीका बाढी पीडितलाई काठमाडौं महानगरको साथ : २ करोड रुपैयाँ सहयोग गर्ने घोषणा

PRIME CA
GLOBAL IME BANK

मेलम्चीका बाढी पीडितलाई काठमाडौं महानगरको साथ : २ करोड रुपैयाँ सहयोग गर्ने घोषणा

३ असार २०७८, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । काठमाडौं महानगरपालिकाले मेलम्चीका बाढी पहिरोबाट प्रभावित भएकालाई २ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । आज बिहीबार महानगरका मेयर विद्यासुन्दर शाक्यले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै उक्त सहयोग गर्ने बताएका हुन् । 
उनले हेलम्बु र मेलम्चीले काठमाडौंलाई पानी दिएकाले पनि महानगरले सहयोग गरेको बताएका हुन् । मंगलबार राति पहिरोले थुनिएको मेलम्ची खोलामा बाढी आउँदा हेलम्बु र मेलम्चीका अधिकाशं घर डुवानमा परेका छन् भने सयौं मानिस घरबारविहीन भएका छन् । बाढीले हेलम्बु र मेलम्चीका सार्वजनिक संरचनामा पनि क्षति पुर्‍याएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: