
नवलपरासी । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकाले आगामी आव २०७८/७९ का लागि ९० करोड १३ लाख ३६ हजार बराबरको अनुमानित बजेट ल्याएको छ । उपप्रमुख ओमकुमारी महतोले सार्वजनिक गर्नुभएको बजेटमा आम्दानीतर्फ अन्तरवित्तीय समानीकरण अनुदान १६ करोड २० लाख, राजश्व बाँडफाँट ११ करोड ४४ लाख ४५ हजार, प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान एक करोड ९६ लाख ९६ हजार, सवारी कर बाँडफाँट एक करोड छ लाख ७८ हजार, आन्तरिक राजश्व अनुमान १८ करोड ४५ लाख, सःशर्त अनुदानबाट २७ करोड २० लाख र आव २०७७/७८ को मौज्दात १३ करोड ८० लाख १७ हजार गरी जम्मा ९० करोड १३ लाख ३६ हजार बराबर रहेको छ ।
त्यस्तै व्ययतर्फ कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च १२ करोड ९५ लाख २६ हजार, आर्थिक विकासतर्फ चार करोड १८ लाख ५५ हजार, सामाजिक विकासतर्फ आठ करोड १८ लाख ५५ हजार, पूर्वाधार विकासतर्फ ३३ करोड ७२ लाख, वन, वातावरण तथा विपद् व्यवस्थापनतर्फ रु दुई करोड ६१ लाख, सुशासन तथा संस्थागततर्फ एक करोड २८ लाख, सःशर्त अनुदान खर्च २७ करोड २० लाख गरी जम्मा ९० करोड १३ लाख ३६ हजार अनुमान गरिएको छ ।
त्यसैगरी नगरसभामा प्रमुख चन्द्रबहादुर रानाले प्रस्तुत गर्नुभएको आगामी आव २०७८/७९ को नीति तथा कार्यक्रमसमेत नगरसभाले पारित गरेको छ । रानाले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा पूर्वाधार विकास, वन वातावरण तथा विपद् व्यवस्थापन, शिक्षा, कृषि, रोजगारलगायतका क्षेत्रलाई प्राथमिकता दिइएको छ । नगरप्रमुख रानाले नगरवासीको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्दै आगामी आवको नीति तथा कार्यक्रम एवं बजेट तर्जुमा गरिएको बताउनुभयो ।
कोभिड-१९ का कारण नगरभित्रको आर्थिक गतिविधि धरासायी हुने र शिक्षा क्षेत्रमा नयाँ चुनौती थपिने जोखिम बढेको नगरप्रमुख रानाले बताउनुभयो । मध्यविन्दुमा नारायणी नदीको कटान र डुबानको जोखिमसँगै पहाडी क्षेत्रमा पहिराको जोखिम रहेको रानाले बताउनुभयो । मध्यविन्दुको नवौँ नगरसभामा प्रस्तुत भएको बजेटबारे छलफल गर्न नगरसभा सदस्यहरुले समय माग गरेपछि नगरप्रमुख रानाले आगामी असार २५ गते बिहान ११ बजेसम्मका लागि नवौँ नगरसभा स्थगन गर्नुभएको छ । -रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्