
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल बैंक लिमिटेडले क्रेडिट कार्ड सेवाको शुभारम्भ गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष मधु कुमार मरासिनीले नेपालको सेयर बजारमा ‘बादशाह’ को नामले चिनिने बैंकका ग्राहक निर्मल प्रधानलाई क्रेडिट कार्ड हस्तान्तरण गर्दै क्रेडिट कार्ड सेवाको शुभारम्भ गरेका हुन्।
उक्त सेवा अन्तर्गत बैंकले न्यूनतम सीमा २० हजारदेखि अधिकतम सीमा ५ लाख रुपैयाँसम्म दिनेछ । क्रेडिट कार्ड सेवाको प्रारम्भले डिजिटल प्रविधिमार्फत बैंकको ग्राहक सेवामा नेपाल बैंक थप एक कदम अगाडी आउन सफल भएको भन्दै अध्यक्ष मरासिनीले यो सेवा प्रारम्भका लागि कर्मचारीहरुलाई धन्यवाद तथा बधाई दिए ।
यता क्रेडिट कार्ड ग्रहण गर्दै ग्राहक प्रधानले बैंकको पहिलो क्रेडिट कार्ड ग्राहक बन्ने अवसर प्राप्त भएकोमा प्रशन्नता व्यक्त गर्दै क्रेडिट कार्ड सेवाको सफलताको शुभकामनासमेत व्यक्त गरेका छन् । कार्डको प्रयोगबाट पीओएस टर्मिनल, एटिएम टर्मिनल तथा तथा अनलाइन प्रणाली मार्फत विभिन्न वस्तु तथा सेवा भुक्तानीमा प्रयोग गर्न सकिने बैंकले जनाएको छ ।
स्वीकृत कर्जा लिमिटको १० प्रतिशतसम्म बैंक तथा भिसा इन्टरनेशनलमा आवद्ध बैंकहरुको एटिएम टर्मिनलबाट नगद भुक्तानीसमेत लिन सकिने बैंकले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्