×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइतबार यी दश कम्पनीको सेयर सर्वाधिक कारोबार

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

आइतबार यी दश कम्पनीको सेयर सर्वाधिक कारोबार

Artha Sarokar

६ असार २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । आइतबार सेयर बजारमा पहिरो गएको छ । बजार ६३.२८ अंकले घटेर २९०५.१४ विन्दुमा पुगेको हो । यस अवधिमा सबै समुह घटेका छन् । जसमा सबैभन्दा धेरै युनियन हाइड्रोपावरका लगानीकर्ताले झन्डै १० प्रतिशतले गुमाएका हुन् । 
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज कुल २३१ कम्पनीको २ करोड ७३ लाख ४४ हजार ५११ कित्ता सेयर खरिद बिक्री हुँदा ११ अर्ब ८१ करोडमाथिको कारोबार भएको छ । लगानीकर्ताले घाटामै सेयर बेच्न थालेपछि बजारमा ठुलो प्यानिक सेल आएको हो ।
यता आज नेपाल पुनर्बिमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ८० करोडमाथिको सेयर कारोबार भएको हो । त्यसैगरी नेपाल इन्स्योरेन्स, नेशनल हाइड्रोपावर, एनएलजी इन्स्योरेन्स, हिमालयन डिस्टिलरी, लुम्बिनी विकास बैंक, निफ्रा, अपर तामाकोशी, ज्योति विकास बैंक, अपि हाइड्रोपावर सेयर सबैभन्दा बढी भएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी