- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहिबार पनि नेप्सेमा सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसूचक १.८० अंकले घटेर दुई हजार नौ सय ४४ दशमलब ७८ विन्दुमा सिमित छ । यस अवधिमा आज १६ अर्ब १० करोड ४ लाख बराबरको कारोबार भएको छ ।
आज कारोबार भएका समूहमध्ये सात वटा समूह बाहेक अन्य समूह बढेका छन् भने १२ वटा कम्पनीको सेयर मूल्यमा उच्च बृद्धि भएको छ । यता आज बोटलर्स नेपाल र रु रु जलविद्युत परियोजनाका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।
सबैभन्दा बढी कारोबार हाइड्रोइलोक्ट्रोसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी भएको छ । यस कम्पनीको ८३ करोड ९२ लाख २ हजारको कोरोबार भएको छ ।