- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । आज सोमबार पनि नेप्सेमा सबैभन्दा धेरै नेपाल पुनर्बीमाको सेयर कारोबार भएको छ । यस कम्पनीको ६१ करोड ४७ लाखमाथिको कारोबार भएको छ । त्यसपछि क्रमश: निफ्रा, नेशनल हाइड्रोपावर, लुम्बिनी विकास बैंक, कुमारी बैंक, मुक्तिनाथ विकास बैंक, ज्योति विकास बैंक, एनसीसी बैंक, मेगा बैंक र कामना सेवा विकास बैंकको कारोबार भएको छ ।
यस्तै आज नेप्से ०.२१ अंकले घटेर २९०६.७० विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज कुल २२१ कम्पनीको ३ करोड ५२ लाख ४६ हजार ४२४ कित्ता सेयर खरिद बिक्री हुँदा १५ अर्ब ७० करोडमाथिको कारोबार भएको छ ।
हेर्नुहोस् सार्वधिक कारोबार भएका कम्पनी :