×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD
LAXMI BANK

काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक, करदातालाई छुटैछुटको घोषणा

BIZBAZAR
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७८/२०७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । महानगरपालिकाले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७८/२०७९ को नीति तथा कार्यक्रममा काठमाडौंका करदातालाई छुटैछुटको व्यवस्था ल्याएको छ ।
महानगरपालिकालाई बुझाउनुपर्ने कर, सेवा शुल्क तथा जरिवाना बैंकिङ्ग वा विद्युतीय प्रणालीबाट भुक्तानी गर्ने सेवाग्राहीलाई सहुलियत दिइने भएको छ । यस्तै कोरोनाबाट प्रभावित करदाताहरू तथा सार्वजनिक निजी साझेदारी अन्तर्गत सञ्चालित कार्यक्रमहरुलाई छुट दिइने भएको छ । प्रवाह गर्ने सेवासँग सम्पत्ति कर, वहाल कर, व्यवसाय कर र विज्ञापन करलाई एकीकृत रुपमा आबद्ध गरी राजस्व संकलन गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
महानगरपालिकाबाट प्रवाह हुने सेवाको गुणस्तर अभिवृद्धिका लागि विषयगत सर्वेक्षण र वार्षिक सर्वेक्षण गरी नागरिकको सुझाव संकलन गरी क्रमशः कार्यान्वयन गर्दै लगिनेछ । यस्तै वहालमा बस्ने व्यक्तिहरूको लगत र सम्झौता वडा कार्यालयमा पेश गर्ने घरधनीहरूलाई घर वहाल रकममा १० प्रतिशत वा २५ हजारमध्ये जुन कम हुन्छ सोही रकम बराबर छुट पाउने छन् । यस कार्यका लागि निजी क्षेत्र समेत परिचालन गरिनेछ ।
Hamro Parto AD
DISH HOME

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal