×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD
LAXMI BANK

‘मैले निर्देशनको रुपमा होइन, एउटा जिम्मेवार नागरिकको हैसियतले भन्छु, मलको अभाव नहोस्’ : निवर्तमान कृषि मन्त्री अर्याल (भिडियो रिपोर्ट)

BIZBAZAR
  • अर्थ सरोकार मल्टिमिडिया ब्यूरो
काठमाडौं । निवर्तमान कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्मा कुमारी अर्यालले कृषि मन्त्रालयको शाख कृषि मलको सहज उपलब्धतामा जोडिएकाले अभाव हुन नदिन सबै लाग्न अनुरोध गर्नुभएको छ । मन्त्रालयमा आयोजित विदाई कार्यक्रममा बोल्दै निवर्तमान कृषिमन्त्री अर्यालले मल बहुसरोकारको विषय भएकाले आपुर्तिमा निरन्तर अनुगमन गर्न आग्रह गर्नुभयो ।
सरकारले किसानलाई दिने अनुदान पनि बढाएको उल्लेख गर्दै उहाँले अनुदानको रकम किसानले नपाउने अवस्था हुनु नहुने बताउनुभयो । उहाँले भन्नुभयो-‘कृषि मन्त्रालय भनेपछि मल छ कि छैन, यो सरोकारको विषय रैछ । सरकारले पनि अब बढाएर १३ अर्बमा पुर्याएछ अनुदानको निम्ति किसानहरुलाई यो सानो पैसा त होइन नि । अब यो सरकारले जे उद्देश्यले त्यत्रो किसानहरुलाई राहत होस् भनेर अनुदानको प्रवन्ध गर्या छ, त्यो किसानहरुले उपभोग गर्न नपाउने खालको परिस्थिति सिर्जना भयो भने दुखद कुरा हुन्छ । हामीले मेहनत बेस्सरी गर्या छौँ । निगरानी गरिरहनुपर्ने छ । कहिनिर थोरै कमजोरी हुनवित्तिकै यता समस्या खडा हुन्छ । मैले निर्देशनको रुपमा होइन, एउटा जिम्मेवार नागरिकको हैसियतले भन्छु, मलको अभाव नहोस् । हामीले जे प्रोसेस अगाडी बढायौँ त्यसलाई तपाईहरुले बिन्दुमा पुर्याउनभयो भने गुनासो नआउला । तपाईहरु यसमा सचेत भएरै अगाडी बढ्नुहोला ।’
निवर्तमान कृषिमन्त्री अर्यालले किसान आयोगले पार्टीको घोषणा पत्रमा बोलेका कुराहरुलाई सरकारको नीति, कार्यक्रममा सम्बोधन गराउने र किसानका समस्याहरुलाई समाधान गराउने दिशातर्फ अघि बढ्न पनि आग्रह गर्नुभयो । निवर्तमान कृषि मन्त्री अर्यालले जिम्मेवारीमा कतिसमय रहिन्छ भन्दा पनि जिम्मेवारीमा रहँदा के काम गरिन्छ भन्‍ने कुरा महत्व हुने भन्दै आफुले गर्न खोजेको धेरै काम सम्पन्न गर्न सकेकोमा सन्तोष महसुस गरेको बताउनु भयो । निवर्तमान कृषि मन्त्री अर्याल गत वर्ष पौषमा मन्त्री नियुक्त हुनुभएको थियो । हेर्नुहोस् भिडियो : 

Hamro Parto AD
DISH HOME

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal