काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई उपप्रधानमन्त्रीको जिम्मेवारी दिईने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्दा उपप्रधानमन्त्री ईश्वर पोखरेल बाहिरिने भएपछि पौडेल उपप्रधानमन्त्री बन्ने भएका हुन् ।
यता उपप्रधानमन्त्री ईश्वर पोखरेलसँगै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली पनि बाहिरिने बताइएको छ । एमालेका रघुबीर महासेठले परराष्ट्र मन्त्रालयको जिम्मा दिइने भएको छ । यद्यपि उनी उपप्रधानमन्त्रीको हैसियतमा मन्त्रिपरिषदमा सहभागी हुनेछन् ।