×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

देश बोल्ने फोटो कथा : घर खेत बगाएपछि खोलाको डिलमा बसेर हेर्दै हेलम्बुका वृद्ध, किसानलाई चैतेधान भित्र्याउन चटारो

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । 
आजको अंकमा हामीले बाढीले आफ्नो घर खेत बगाएपछि खोलाको डिलमा दिक्क मानेर बसेका हेलम्बु चनौटेका वृद्धदेखि तनहुँको व्यास नगरपालिका–११, पोल्याङका कृषकलाई चैतेधान भित्र्याएर असारे धान रोप्न चटारोसम्मकालाई फोटोमा समेटेका छौं ।

हेरौं फोटो समाचार :
बाढीले आफ्नो घर खेत बगाएपछि खोलाको डिलमा दिक्क मानेर बसेका हेलम्बु चनौटेका वृद्ध । 
तनहुँको व्यास नगरपालिका–११, पोल्याङमा चैतेधान काट्दै किसान । कृषकलाई यति वेला चैतेधान भित्र्याएर  असारे धान रोप्न चटारो छ ।
सिन्धुपाल्चोकको हेलम्बु, चनौटेका  स्थानीय र व्यवसायीहरु बाढीले पुरिएको आफ्नो सामान निकाल्दै ।  
सिन्धुपाल्चोकको सिन्धुकोटबाट देखिएको  मेलम्ची खोलाको बाढी  । 
जाजरकोटको कुशे गाउँपालिका–५, दम्दाला गाउँमा किसानको बारीमा फलेको आलु । जिल्लाका किसानलाई बारीमा लगाएको आलु खनेर भण्डारण गर्न अहिले चटारो छ । 
शुक्लाफाँटा नगरपालिका –२, रानीपुरका महिला  पालैपालो गरी एक अर्काको खेतमा धान रोप्दै । यहाँका महिलाहरु पर्मबाटै खेतमा रोपाइँ सम्पन्न गर्छन् ।
मनसुन सुरु भएसँगै  खेत रोप्न धानको बीउ काढ्दै कैलालीका किसान  । यति वेला यहाँका किसान धान रोपाइँमा व्यस्त छन् । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: