×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD
LAXMI BANK

देश बोल्ने फोटो कथा : जाजरकोटमा चामलको किन्नेको उदेक लाग्दो भिड, महेन्द्रनगरमा कोरोनाको खोप लगाउने भिड पनि उस्तै

BIZBAZAR
  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । 
आजको अंकमा हामीले खाद्य व्यवस्था तथा व्यापार कम्पनी जाजरकोट कार्यालयमा चामल लिन आएका नागरिकको भीडदेखि भीमदत्त नगरपालिकाको भृकुटी माध्यमिक विद्यालय महेन्द्रनगरमा सर्वसाधारणलाई कोरोनाविरुद्धको खोप लगाउन भ्याईनभ्याईसम्मका दृश्यलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
खाद्य व्यवस्था तथा व्यापार कम्पनी जाजरकोट कार्यालयमा चामल लिन आएका नागरिकको भीड । कोरोना भाइरसका कारण समस्या भोगिरहेका नागरिक बजारमा चामल महँगो भएपछि यहाँ चामल लिन आएका हुन् । 
भीमदत्त नगरपालिकाको भृकुटी माध्यमिक विद्यालय महेन्द्रनगरमा कोरोनाविरुद्धको खोप लगाउन लामबद्ध सर्वसाधारण ।
बेलौरी नगरपालिकाको हात्तीबोझाका किसान असारे बडायकले पाँच विघा जमिनमा छरुवा विधिबाट पहिलो पटक गरेको धानखेती निरीक्षण गर्दै नगरपालिका कृषि शाखाका कृषि प्राविधिकसहित टोली ।
झापाको दमक–९, जयगुरु राइस मिलका सञ्चालकले किसानसँग खरिद गरेर सडक किनारमा राखेको चैतेधान ।  गोदामको अभाव, धान धेरै खरिद गरेका कारण मिल सञ्चालकले धान सडक छेउमा  राखेका हुन् । 
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १३, फूलबारीका २१ घरपरिवारलाई  खाद्यान्न  प्रदान गर्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता तथा कार्यकर्ता । 
ललितपुर महानगरपालिकाअन्तर्गत रहेको ऐतिहासिक पाटन दरबार र यस क्षेत्रमा रहेको ऐतिहासिक सम्पदा । कोरोना रोकथामका लागि सरकारले लागू गरेको निषेधाज्ञाका कारण अहिले  दरबार परिसर सुनसान  छ ।
तनहुँको व्यास नगरपालिका–५ मानुङकोट जाने बाटो कालोपत्रेका लागि गिट्टी राखेर सम्याइँदै । गत वर्ष नै निर्माण सम्पन्न हुनुपर्ने यो बाटो कोरोना कहरका कारण ढिलाइ भएको छ  ।
डिभिजन वन कार्यालय तनहुँको  नर्सरीमा उत्पादित बिरुवा सर्वसाधारणलाई निःशुल्क वितरण गरिँदै  । 
Hamro Parto AD
DISH HOME

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal