×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

देश बोल्ने फोटो कथा : कौसीखेतीमा रमाउँदै भरतपुरकी सुनिता कार्की, बागलुङको दरमखोलामा जोखिम मोलेर सवारी चलाईँदै

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले कौसीखेतीमा रमाउँदै गरेकी भरतपुरकी सुनिता कार्कीदेखि बागलुङको ताराखोला गाउँपालिका–३, दरमखोला माथिको अस्थायी पुलमा जोखिम मोलेर यातायातको साधन गुडाउँदै गरेकोसम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।

हेरौं फोटो समाचार :
भरतपुर महानगरपालिका– ११ दीपज्योति टोल विकास संस्थाकी सुनिता कार्की आफूले लगाएको कौसीखेतीमा रमाउँदै  । 
बागलुङको ताराखोला गाउँपालिका–३, दरमखोला माथिको  अस्थायी पुलमा जोखिम मोलेर यातायातको साधन गुडाइँदै । 
बागलुङको ताराखोला गाउँपालिका–३, दरमखोला माथिको  अस्थायी पुलमा जोखिम मोलेर यातायातको साधन गुडाइँदै । 
जुम्लाको चन्दननाथ नगरपालिका – ४ का  वीरबहादुर बुढाका  बारीमा फलेको स्याउ । गत वर्षका तुलनामा यस वर्ष ५० प्रतिशत कम स्याउ फलेको छ ।
जुम्लाको चन्दननाथ नगरपालिका – ४ का  वीरबहादुर बुढाका  बारीमा फलेको स्याउ । गत वर्षका तुलनामा यस वर्ष ५० प्रतिशत कम स्याउ फलेको छ ।
म्याग्दीको बेनी नगरपालिका–३, भकिम्लीका किसान आलु भण्डारण गर्दैै । म्याग्दीको लेकाली क्षेत्रका कृषकलाई यति बेला आलु भित्र्याउने चटारो छ । 
अविरल वर्षाद्का कारण मार्तडी घटमुना सडक अवरुद्ध भएपछि जिल्ला अस्पताल बाजुरामा उपचारका लागि बिरामीलाई बोकेर लैजाँदै युवा । 
बूढीगङ्गा नगरपालिकाका  प्रमुख दीपकविक्रम शाह  बाढीपीडितलाई राहत वितरण गर्दै ।  हेममाया फाउण्डेशनका सहयोगमा सामाजिक अभियानकर्मी यशोदा भट्टका पहलमा उपलब्ध  खाद्यान्न नगरपालिका– १ र २ वडाका ४० परिवारलाई वितरण गरिएको हो । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: