×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD
LAXMI BANK

प्रभु बैंकको ४० लाख कित्ता ऋणपत्र बाँडफाँड !

BIZBAZAR
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । प्रभु बैंक लिमिटेडको ऋणपत्र बाँडफाँड भएको छ । बैंकले जेठ ११ गतेदेखि २६ गतेसम्म बिक्री गरेको ४० लाख कित्ता ऋणपत्र बाँडफाँड भएको हो । रितपूर्वक आवेदन दिने सम्पूर्ण आवेदकहरुलाई उक्त ऋणपत्र बाँडफाँड गरेको कम्पनीले जानकारी दिएको छ ।
बैंकले कुल ४० लाख कित्ता ऋणपत्रमध्ये  २४ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघसंस्थाहरुलाई बिक्री गरेको थियो भने १६ लाख कित्ताबाट २ हजार ५०० कित्ता सामूहिक लगानी कोषमा बाँडफाँड गरी बाँकी बैंकले १० वर्षे अवधिको वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदरको १५ लाख ९७ हजार ५०० कित्ता ऋणपत्र सार्वजनिक निष्कासनमार्फत बिक्री गरेको थियो ।
प्रभु बैंक डिबेञ्चर २०८७ नामको यो ऋणपत्र खरिदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था थियो । यो ऋणपत्र बिक्री प्रबन्धकको जिम्मेवारी मेगा क्यापिटल मार्केट्स लिमिटेडले पुरा गरेको छ ।
Hamro Parto AD
DISH HOME

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal