×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सवा तीन वर्षमा पुर्व परराष्ट्रमन्त्रीको कमाइ कति ? सार्वजनिक गरे सम्पत्ति !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सवा तीन वर्षमा पुर्व परराष्ट्रमन्त्रीको कमाइ कति ? सार्वजनिक गरे सम्पत्ति !

Artha Sarokar

२२ जेष्ठ २०७८, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । मन्त्रीपरिषदबाट बाहिरिए लगत्तै परराष्ट्रमन्त्री प्रदिप ज्ञावलीले आफ्नो सम्पति सार्वजनिक गरेका छन् । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद पुनर्गठन गर्दा उनिलगायत अन्य मन्त्री बाहिरिएका थिए ।
ज्ञावलीले सामाजिक सञ्जालबाट विदेश भ्रमण बापत लेभी ३लाख १४ हजार ९३० रुपैयाँ र पारिश्रमिक बापतको लेभी ६ लाख २० हजार गरि जम्मा ९ लाख ३४ हजार ९३० रुपैयाँ पार्टीको खातामा जम्मा गरेको बताएका छन् । यस्तै पारश्रमिकको कर कट्टी बापत ३ लाख ७२ हजार ४९१ रुपैयाँ सरकारी खातामा जम्मा गरेको बताएका छन् ।
हाल उनको खातामा भने ७ लाख ४१ हजार ७७५ रुपैयाँ मात्र बचत रहेको उल्लेख छ । ज्ञावलीले आफ्नो फेसबुक स्टाटसमा आफूमन्त्री रहँदासम्म सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी