Skip to content
LAXMI SUNRISE BANK

भन्सार छलेर ल्याएका सवारीको किर्ते कागजात तयार पारी कारोबार, चार जना पक्राउ ! (भिडियो रिपोर्ट)

अर्थ सरोकार

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । महानरीय प्रहरी अपराध महाशाखाले सवारीसाधनको किर्ते कागजात बनाउने गिरोहलाई पक्राउ गरेको छ । महानरीय प्रहरी अपराध महाशाखाको टोलीले भन्सार छली गरी चोरी गरेर ल्याएको सवारीसाधनका नक्कली सवारी दर्ता किताब समेत तयार गरी कारोबार गर्ने चार जनाको गिरोहलाई पक्राउ गरेको हो । 
ग.३ च. १४६२ र प्रदेश ३ – ०१०२४ च ०२५३ नम्बर प्लेटको हुण्डाई कम्पनीको क्रेटा गाडीहरु भन्सार छली काठमाडौं ल्याई ती सवारीसाधनको नक्कली सवारी दर्ता किताव लगायतका कागजातहरु तयार गरी कारोबार गर्ने कमल बाबु पुरी भनिने लमजुङ सुन्दरबजार नगरपालिका वडा नं. ३ घर भई काठमाडौंको सामाखुसी बस्ने कमलबाबु भट्टलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं. ८ बस्ने अरुण खड्का र भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं. २ बस्ने मधु सिलवाल पनि रहेको महानगरीय अपराध महाशाखा प्रमुख चन्द्र कुवेर खापुङले बताउनुभयो । 
त्यस्तै गाडीमा फेला परेको कमल बाबु पुरीको नामको नक्कली सवारी दर्ता किताब तयार गर्न संलग्न रहेका मोरङ बयरबन घर भई काठमाडौंको शान्तिनगरमा बस्ने रेवती रमन निरौलालाई पनि प्रहरीले पक्राउ गरको छ । निरौलाको कोठाबाट विभिन्न व्यक्तिहरुको नाममा रहेको शैक्षिक प्रमाणपत्र, सरकारी कार्यालयका छापहरु, होलो ग्राम, लाईसेन्स, राहदानी लगायत सरकारी लिखितहरु समेत बरामद भएको महाशाखा प्रमुख खापुङले बताउनुभयो ।
पक्राउ परेका व्यक्तिहरुलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको महानगरीय अपराध महाशाखा प्रमुख चन्द्र कुवेर खापुङले बताउनुभयो ।  हेर्नुहोस् भिडियो :
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK