×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘भीष्म ढुंगानाज्यु ! तपाईं धेरै नांगिसक्नुभयो…अव अलिकति पनि नैतिकता बाँकी छ भने बोर्डबाट राजिनामा दिनुस्…’

  • समाचार टिप्पणी
काठमाडौँ । केहि समय अगाडी अर्थ सरोकार टेलिभिजन कार्यक्रममा निर्मल प्रधानले केहि राम्रा कम्पनी भन्दै केहि कम्पनीको नाम लिएका थिए । सो कार्यक्रम प्रशारण भएलगत्तै धितोपत्र बोर्डले कम्पनी किटेर बोलेको भन्दै आपत्ति जनायो । बोर्डको आशय थियो- कम्पनी कति ठिक कति बेठिक बजारले नै तय गर्छ ।
तर मंगलबार बोर्डले बिज्ञप्ति नै निकालेर ५१ वटा कम्पनीमा जोखिम छ भनिदियो । सो विवरण यतिसम्म हतास मनस्थितिमा बनाइएको थियो कि, महिनौंसम्म कारोबार नभएको कम्पनीमा पनि चलखेल भएको आशय देखाइएको छ । अझ दिउँसो नै आफु निकटका केहिसँग ५१ कम्पनीमा चलेखेल भएको सूचना चुहाएर बोर्ड आफैंले भित्री कारोबार गर्न उकास्यो ।
जव चौतर्फी विरोध भयो, धितोपत्र बोर्डले बोली फेरेको छ । अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै बोर्डका प्रवक्ता निरज गिरीले बिज्ञप्तिको आशय कुनै पनि कम्पनीमा चलखेल भएको छ भन्ने नरहेको बताइसकेका छन् । यसले धितोपत्र बोर्डमा गतिलो भाषा लेख्नसमेत जान्ने मान्छे छैनन् भन्ने पुष्टी गरेको छ भने धितोपत्र बोर्ड यस्तो संवेदनशील कुरामा पनि कति लापरवाही गर्छ भन्ने तथ्यलाई मंगलबारको विज्ञप्तिले थप पुष्टी गरेको छ ।
प्रहरीले हत्यारालाई पक्राउ गर्दा त उसको मुख नदेखाई पत्रकार सम्मेलन गर्छ भने चलखेल नै भएको भएपनि कम्पनीको नाम नै प्रकाशन गरेर धितोपत्र बोर्डले लगानीकर्ताको भावनामाथि चोटमात्र पुर्याएको छैन, ठुलो आर्थिक अपराध गरेको छ ।
भोलि लगानीकर्ताले प्यानिक भएर जोखियुक्त भनिएका सेयर बेचे र पछी बोर्डले ती कम्पनीमा चलेखेल भएको रहेनछ भनेर विज्ञप्ति निकाल्यो भने त्यसको क्षतिपूर्ति कसले दिन्छ ? लगानीकर्तामाथि यो हदसम्मको बदमासी गर्ने छुट छ बोर्डलाई ?
यति कुरा पनि सोच्न नसक्ने, ठुला खेलाडी र माफियाको पछी लाग्ने, आफु सुटुक्क सूचना चुहाउने र साना लगानीकर्ता फसाउने अधिकार कसैलाई छैन, जुन काम बोर्डका अध्यक्षबाट नै भएको पुष्टी प्राय भएको छ । त्यसैले धितोपत्र बोर्डका अध्यक्षज्यू, अलिकति पनि नैतिकता बाँकी छ भने बोर्डबाट राजिनामा दिनुस ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: