- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार पनि नेप्से परिसूचक घटेको छ । नेप्से ११.६८ अंकले घटेर २७७१.१५ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज २१६ कम्पनीको १ करोड ९७ लाख ८३ हजार ३५४ कित्ता सेयर खरिद बिक्री हुँदा ८ अर्ब ५९ करोडमाथिको कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल पुनर्बीमाको सेयर कारोबार भएको छ । यस कम्पनीको ५७ करोडमाथिको कारोबार भएको छ । त्यसपछि लुम्बिनी विकास बैंक, राधी हाइड्रोपावर, युनाइटेड मोदी हाइड्रोपावर, एशियन लाइफ इन्सुरेन्स, ज्योति बिकास बैंक, निफ्रालगायतका कम्पनीको काराबार भएको छ ।
हेर्नुहोस् सार्वधिक कारोबार भएका कम्पनी :