×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD
LAXMI BANK

‘यस कारण सेयर बजार उच्च बिन्दुमा पुग्यो…’ : अध्यक्ष ढुङ्गाना

BIZBAZAR
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ  । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले अन्य क्षेत्र सुस्ताएका कारण अहिले दोस्रो बजारमा लगानीकर्ताको आकर्षण बढेको बताएका छन् । बोर्डको २९औं वार्षिकोत्सवको अवसरमा आयोजित भर्चुअल कार्यक्रमममा उनले यस्तो बताएका हुन् । अध्यक्ष ढुङ्गानाले लगानीकर्ताको संख्या उल्लेख्य वृद्धि हुँदा दोस्रो बजारको आकार इतिहासकै उच्च बिन्दुमा पुगेको बताएका छन् । 
पछिल्लो समय लगानीकर्ता निकै उत्साहित बनेर दोस्रो बजारमा लागेका छन् । जसकारण अहिले बजारमा १८ अर्बसम्मको कारोबार हुने गरेको छ । दोस्रो बजारमा हुने कारोबारबाट सरकारको राजश्वसमेत फराकिलो अन्तरले बढेको अध्यक्ष ढुङ्गानाको भनाई छ । अहिले सरकारलाई एक महिना दिनमा एक अर्बको राजश्व यो क्षेत्रबाट जाने गर्दछ ।  
कार्यक्रममा बोल्दै उनले धितोपत्रको कारोबारका लागि अलग्गै ऐनको मस्यौदा बनाएर अघि बढ्ने तयारी भएको पनि बताए । साथै बजारको बिस्तारका लागि नयाँ धितोपत्र दलाल व्यवसायीलाई बजार प्रवेश गराइने, नेप्से र सिडिएससीको संरचना परिमार्जन गर्दै राफसाफ कोष सञ्चालनमा ल्याइने बताए । 
Hamro Parto AD
DISH HOME

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal