
- सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । कोरोना माहामारीकाबीच भारतसँग सिमाना जोडिएका क्षेत्रहरु उच्च जोखिममा छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर १४, १२, १८ र कैलारी गाउँपालिका झनै उच्च जोखिममा छन् । निषेधाज्ञाको समयमा अवैध नाका भएर अवैध रुपमा नागरिकको आवतजावत हुन थालेपछी जोखिम झनै बढेको हो ।
बिहिबार धनगढी उपमहानगरपालिका वडा नम्बर १८ मा अवैध नाका भएर सिमापारी वारपार गर्ने झण्डै १५ जनालाई सामानसहित होल्ड गरिएको छ । नाकाबाट अवैध रुपमा सामान ल्याउँदै गरेका उनिहरुलाई होल्ड गरी वडा अध्यक्षको रहोबरमा एकपटकका लागि सम्झाईबुझाई गरि छोडिएको सशस्त्र प्रहरी बल बिओपि फुलवारीका सशस्त्र प्रहरी निरिक्षक देव सिंहले बताए । उनले भने, ‘पहिलो पटक भएकोले छोडेका हौँ उक्त गल्ति दोहोरिएमा संक्रामक रोग ऐन अनुसार कारवाही हुन्छ ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्