
- अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षमा झण्डै २८ अर्व हाराहारीको बजेट ल्याउने तयारी गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले बजेटका विविध पक्षको तयारी पूरा गरेको जनाएको छ । संघीय सरकारको बजेट अध्ययन गरेर २८ अर्बसम्म पुग्न सक्ने मन्त्रालयका उच्च अधिकारीहरूको आंकलन रहेको छ ।
चालु आर्थिक वर्षमा प्रदेश सरकारको बजेट ३३ अर्ब हाराहारी थियो । यहि जेठ २१ गते प्रदेश सरकारको बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय बुधबार बसेको मन्त्रीपरिषद्को बैठकले गरेको छ । आगामी बजेटको प्रमुख प्राथामिकता कोरोनामा लक्षित रहेको आर्थिक मामिला तथा योजना मन्त्रालयका सुचना अधिकारी खगेन्द्र साउँदले बताए । उनले भने, ‘आउँदो बजेट संघिय ससर्त अनुदान बाहेक २२ देखि २३ अर्वसम्मको हुन्छ त्यो पनि थपियो भने बजेटको आकार झण्डै २८ लाखको हाराहारीमा पुग्छ ।’ गतवर्षको भन्दा आर्थिक वर्ष २०७८/८९ बजेट केहि घटेर आउने देखिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्