
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । बाग्मती प्रदेशमा २०६५ देखि कर नतिरेका सवारीधनीले कर तिरे जरिवना नलाग्ने भएको छ । प्रदेशले आर्थिक वर्ष २०७८/७९ बजेटमार्फत् २०६५ सालदेखि कर नबुझाएका सवारीधनीले २०७८ फागुन मसान्तसम्म कर बुझाएमा कानून बमोजिम लाग्ने करमा छुट दिने बताएको हो । मंगलबार अर्थात असर १ गते बजेट सार्वजनिक भएको थियो ।
प्रदेश बजेटको १७६ बुँदामा भनिएको छ ‘बागमती प्रदेश भित्रका यातायात व्यवस्था कार्यालयमा दर्ता भएका सवारीसाधनको आर्थिक वर्ष २०६५/६६ देखि आर्थिक वर्ष २०७४/०७५ सम्म तोकिए बमोजिम कर दाखिला र नवीकरण नगरेका सवारी धनीले २०७८ साल फागुन मसान्तसम्म सवारीसाधन कर बुझाउन चाहेमा प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन वा प्रचलित कानून बमोजिम लाग्ने सो अवधिकको जरिवाना छुट हुने व्यवस्था गरेको छु ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्