×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

देश बोल्ने फोटो कथा : ललितपुरको ग्वार्कोमा डोकोमा साग बिक्री गर्दै महिला, निषेधाज्ञाले थन्किए फेलातालका डुङ्गा

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले निषेधाज्ञाका समयमा ललितपुरको ग्वार्को आसपासमा साग बिक्री गरिरहेकी महिलादेखि पर्यटकीय नगरी पोखरामा अवस्थित फेवातालमा निषेधाज्ञाका कारण हाल सञ्चालन नभएका डुङ्गासम्मका दृश्यलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
निषेधाज्ञाका समयमा ललितपुरको ग्वार्को आसपासमा साग डोकोमा बिक्री गर्दै महिला । 
पर्यटकीय नगरी पोखरामा अवस्थित फेवातालमा निषेधाज्ञाका कारण हाल सञ्चालन नभएका डुङ्गा ।
विश्वभर फैलिएको कोभिड १९ महामारी रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारबाट जारी निषेधाज्ञाका कारण अतिआवश्यक बाहेकका सवारी साधन नचलेको कारण सुनसान जावलाखेलचोक । 
पोखरा महानगरपालिका वडा नं १० अमरसिंह चोकस्थित सडकमा विद्युतीय साधनमा खरबुजा बेच्न हिँडेका व्यापारी । 
डुम्रे बेँसीशहर सडकखण्ड अन्तर्गत लमजुङ बेँसीशहर नगरपालिका वडा न १ उदिपुर बजार सडक पिच माथि पिच गर्न सडकमा कालोपत्र गर्दै मजदूर । यस सडकअन्तर्गत लमजुङको पाउँदीदेखि बेँसीशहरसम्म दस किलोमिटर सडक कालोपत्र हुने भएको छ । रु तीन करोड बढी लागतमा यस कालोपत्र अघि बढेकोमा हालसम्म आठ किलोमिटर सडक कालोपत्र भइसकेको छ । 
राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश शाखा कार्यालय जुम्लाका मानव अधिकार अधिकृत धनराज शाही नेतृत्वको तीन सदस्य टोली गुर्भाकोट नगरपालिका आँपसोती बस्तीमा रहेको राउटे बस्तीको अनुगमन गर्दै ।
रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नं १ स्थित बेलहीया घाटमा दानब नदीबाट निकालिएको नदीजन्य पदार्थ बगर छेउमै डम्पीङ् गरिदै । 
सरकारले निषेधाज्ञाका समयमा विभिन्न खाद्य सामग्रीमा २० प्रतिशत छुटको व्यवस्था गरेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी जाजरकोटमा खाद्यान्न लिन आएका सर्वसाधारण ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: