- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । आज बुधबार नेप्से परिसूचक ४.१३ अंकले घटेर २८२३.८७ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज कुल २२० कम्पनीको १ करोड ६२ लाख ४८ हजार १०० कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ८३ करोडमाथिको कारोबार भएको छ । यस अवधिमा आज ७५ वटा कम्पनीको सेयर मुल्य बढेको छ भने ९५ वटा कम्पनीको सेयर मुल्य घटेको छ ।
आज सबैभन्दा धेरै पोखरा फाइनान्स कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । सेन्ट्रल फाइनान्स कम्पनीका लगानीकर्ताले ९.९७ प्रतिशतका दरले कमाएका छन् भने नेपाल फाइनान्स कम्पनीका लगानीकर्ताले ९.८६ प्रतिशतका दरले कमाएका छन् । यस्तै मल्टिपर्पोज फाइनान्स का लगानीकर्ताले ९.७५ प्रशिततका दरले कमाएका छन् ।