- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । ५ अंकले बढेको बजारमा सबैभन्दा धेरै दुई कम्पनीका लगानीकर्ताले कमाएका छन् । जसमा सबैको लघुवित्त वित्तीय संस्था र सिभिल लघुवित्त वित्तीय संस्था रहेका छन् । यी दुई कम्पनीको ८ प्रतिशत भन्दा बढीले सेयर मूल्य बढेको हो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज कुल २१९ कम्पनीको १ करोड ९२ लाख ८२ हजार ८१५ कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्ब ७२ करोड ५५ लाख १२ हजार ७ सय १६ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।