×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

GLOBAL IME BANK
LAXMI BANK

अबको निषेधाज्ञामा उपत्यकामा के-के गर्न पाईन्छ ? (भिडियो रिपोर्ट)

SAGARMATHA CEMENTS
  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थप गरिएको छ । आइतबार काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले उपत्यकामा निषेधाज्ञा थप एक साता लम्ब्याउने निर्णय गरेको हो । यससँगै उपत्यकामा असार ८ गतेदेखि १४ गतेसम्म निषेधाज्ञा हुने भएको छ । यसअघि थपिएको निषेधाज्ञा असार ७ गते सकिदैछ । यद्यपी निषेधाज्ञालाई खुकुलो भने पारिएको छ । नीजि सवारी साधनमा जोर विजोर प्रणाली लागु गरी सञ्चालन गर्न दिइने भएको छ । नीजि सवारी साधनहरु ट्याक्सी र मोटरसाइकल/स्कुटी जोर बिजोर प्रणाली लागु गरी चल्न दिइने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताउनुभयो ।
त्यस्तै पसलहरुलाई बिहान ११ बजेदेखि ४ बजेसम्म बार अनुसार सञ्चालन गर्न दिइने निर्णय भएको पनि उहाँले बताउनुभयो । उहाँका अनुसार आइतबार, मंगलबार र बिहीबार सुन पसल, भाँडा, भान्साजन्य, विद्युतीय घरायसी सामग्री, अटोमोबाइल शोरुम, अटोमोबाइल पार्टस् पसल, इलेक्ट्रोनिक पसल९मोबाइल तथा कम्युटर पसल० खोल्न दिइनेछ । त्यस्तै सोमबार, बुधबार र शुक्रबार डिपार्टमेन्टल स्टोर९ग्रोसरी बाहेक अन्य०, सपिङ मल र खेलकुद सामग्री पसल, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी, गिफ्ट आइटम र टेलरिङ खुल्न दिइने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।
त्यस्तै खाद्यान्न, दुध तथा दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, माछा, मासु, पुजा सामग्री विक्रि वितरण गर्ने पसलहरु तथा डिपार्टमेन्टल स्टोर९ग्रोसरी०, पुस्तक पसल/स्टेशनरी पसल दैनिक ११ बजेसम्म खोल्न दिइनेछ । निर्माणजन्य सामग्रीको पसल बिहान ११ बजेदेखि अपरान्ह ६ बजेसम्म र अनलाइन डेलिभरी÷टेक अवे र सवारी साधन मर्मत वर्कशप साँझ ७ बजेसम्म खोल्न दिइने प्रजिअ पराजुलीले जानकारी दिनुभयो । विकास निर्माण र सर्वाजनिक सेवा प्रवाहसँग सम्बन्धित सबै सरकारी कार्यालयहरुले स्वास्थ्य मापदण्डहरुको पालना हुने व्यवस्था मिलाई आलोपालो प्रणाली कायम गरी न्युनतम जनशक्ति प्रयोग गरी सेवा प्रवाह सुचारु गर्ने निर्णय पनि भएको छ । हेर्नुहोस् भिडियो :

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१००६६४८ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal