×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उपभोक्ता मुद्रास्फिति ४.१९ प्रतिशतमा सिमित !

PRIME CA

उपभोक्ता मुद्रास्फिति ४.१९ प्रतिशतमा सिमित !

३१ असार २०७८, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । चालु आर्थिक वर्षको ११ महिनामा मूल्यवृद्धि ४.१९ प्रतिशतमा सिमित भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार उपभोक्ता मुद्रास्फीति ४.१९ प्रतिशतमा सिमित रहेको हो । यस अघि अघिल्लो वर्षको सोही महिनामा मुद्रास्फीति ४.५४ प्रतिशत रहेको थियो ।
राष्ट्र बैंकका अनुसार गत जेठ मसान्तमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फिति ६.२२ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फिति २.६३ प्रतिशत रहेको छ । विसं २०७७ जेठको तुलनामा २०७८ जेठमा घ्यू तथा तेल, सुर्तीजन्य पदार्थ, गैर–मदिराजन्य पेय पदार्थ र यातायात उपसमूहको मूल्यवृद्धि क्रमशः ३०.९८ प्रतिशत, ९.८४ प्रतिशत, ९.८१ प्रतिशत र ९.७० प्रतिशत रहेको छ । 
समीक्षा अवधिमा तराई क्षेत्रमा मूल्यवृद्धि बढी देखिएको छ । बैंकका अनुसार जेठमा काठमाडौँ उपत्यकामा ३.८७ प्रतिशत मुद्रास्फिति रहँदा तराईमा भने ४.४७ प्रतिशत छ । यस्तै पहाडमा ४.३२ प्रतिशत र हिमालमा १.७२ प्रतिशत मुद्रास्फिति रहेको छ । विसं २०७७ जेठमा यी क्षेत्रमा क्रमशः ४.४३ प्रतिशत, ४.८६ प्रतिशत, ४.१३ प्रतिशत र ४.३४ प्रतिशत मुद्रास्फिति थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: