×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आदर्श लघुवित्त वित्तीय संस्थाले ६० लाख बराबरको ६० हजार कित्ता आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा बि.ओ.के. क्यापिटल

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

आदर्श लघुवित्त वित्तीय संस्थाले ६० लाख बराबरको ६० हजार कित्ता आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा बि.ओ.के. क्यापिटल

Artha Sarokar

७ श्रावण २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । आदर्श लघुवित्त वित्तीय संस्थाले ६० लाख बराबरको ६० हजार कित्ता आईपीओ जारी गर्ने भएको छ ।लघुवित्तले जारी पूँजी २ करोडको ३० प्रतिशत सेयर सर्वसाधारणमा बिक्रीमा ल्याउने भएको हो । आईपिओ निष्काशनको लागि लघुवित्त कम्पनीले बिओके क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको हो ।
सम्झौताअनुसार सेयर निष्काशन भईसकेपछि सेयर रजिष्ट्रारको कार्य पनि बि.ओ.के. क्यापिटलले नै गर्नेछ । बिक्री प्रबन्धक नियुक्ति सम्बन्धि सम्झौतामा आदर्श लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेश शर्मा र बि.ओ.के. क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुन्दन शर्माले हस्ताक्षर गरेका छन् ।
गत आवको तेस्रो त्रैमाससम्मा लघुवित्तले १५ लाख ८२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेर वार्षिक प्रतिसेयर आम्दानी १५.०६ रुपैयाँ कायम भएको छ । १ अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको खराब कर्जा अनुपात १.२७ प्रतिशत रहेको छ ।
लघुवित्तको असार ३१ गते सम्पन्न भएको तेश्रो वार्षिक साधारणसभाले सर्वसाधारणमा साधारण सेयर निष्काशन गर्ने प्रस्ताव पारित गरे बमोजिम प्रकृया अगाडि बढाएको हो । बोर्डबाट अनुमति पाएपछि मात्र लघुवित्तको सेयर बिक्रीमा आउनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी