काठमाडौं । एशियाली विकास बैंकले कोभिड–१९ विरुद्धको खोप खरिदका लागि नेपाललाई सहयोग गर्ने भएको छ । बैंकले खोपका लागि १९ अर्ब ८० करोड ऋण प्रदान गर्ने भएको हो ।
बैंकले ६८ लाख नेपाली लाभान्वित हुने गरी एक करोड ५९ लाख मात्रा खोप खरिद गर्न उक्त रकम ऋणस्वरुप नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय आज गरेको मनिलास्थित बैंकको प्रधान कार्यालयले जनाएको छ । बैंकका अध्यक्ष मासाटुगु आशाकावाका अनुसार अर्थतन्त्रलाई पुनर्जीवन दिन र नागरिकका दैनिकी एवं आर्थिक गतिविधि पुनःसञ्चालन गर्न नेपालका निम्ति खोप उपयोगी रहने बताए ।