×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

बैंकका कर्मचारीलाई साउनमै ५ महिनासम्मको बोनस ,कुन बैंकले कति दिए ?

  • अर्थ सरोकार सम्बाददाता

बैंक तथा वित्तीय संस्थाले कर्मचारीलाई बोनस वितरण गर्न थालेका छन् । बैंकहरुले गत आर्थिक वर्षको अनुमानित नाफाको हिसाब गरी साउनमा कर्मचारीलाई १ महिनादेखि ५ महिनासम्मको बोनस वितरण गरेका हुन् ।

अनुमानित नाफाको हिसाब गरेर साउनमा ९ वटा वाणिज्य बैंकले बोनस कर्मचारीको खातामा पठाइसकेका छन् भने ८ वटा वाणिज्य बैंक र २ वटा विकास बैंकले साउनभित्रै पठाउने तयारी गरेका छन् ।

बोनस ऐनअन्तर्गत रोजगारादाता प्रतिष्ठानले कुल नाफाको १० प्रतिशत बोनश कर्मचारीलाई दिनुपर्ने प्रावधान छ । जसअनुसार बैंक तथा वित्तीय संस्थाहरुले कर्मचारीलाई बोनस वितरण गर्छन् ।

राष्ट्र बैंकले गत आर्थिक वर्षको नाफाबाट बोनस बाँड्न पाउने नीतिगत व्यवस्था मिलाइ दिएपछि बैंक तथा वित्तीय संस्थाहरुले बोनस बितरण गर्न थालेका हुन् । हालसम्म अनुमानित नाफाको हिसाब गरी बोनस बाँड्नेमा नबिल बैंक, सिद्धार्थ बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल बंगलादेश बैंक, मेगा बैंक, प्रभु बैंक, कुमारी बैंक र एनएमबि बैंकले साउन १ गते नै कर्मचारीको खातामा बोनस पठाइ सकेका छन् ।

साउन महिनाभित्रै बोनस पठाउने तयारीमा रहेका बैंकमा ग्लोबल आइएमई बैंक, लक्ष्मी बैंक, सानिमा बैंक, एनसीसी बैंक, एनआइसी एशिया बैंक, हिमालयन बैंक, बैंक अफ काठमाण्डू र नेपाल एसबीआई बैंक छन् ।

साथै, प्रभु बैंक र कुमारी बैंकले पनि साउन १ गते नै कर्मचारीलाई २ महिनाको तलब बराबरको बोनस खातामा पठाइ सकेको छ ।

यसैगरी, गत वर्षको अनुमानित नाफाबाट साउन महिनाभित्रै हिालयन बैंक, ग्लोबल आइएमई बैंक, नेपाल एसबीआई बैंक र बैंक अफ काठमाण्डूले ३ महिनाको तलब बराबरको बोनस दिने तयारी गरेको छ । साथै, कर्मचारीलाई बोनस दिने तयारीमा सानिमा बैंक, माछापुच्छ्रे एनआइसी एशिया बैंकले १ महिनाको तलब बराबरको बोशन साउनको दोस्रो साता भित्रै खातामा पठाउने तयारी गरेका छन् । त्यसैगरी मुक्तिनाथ विकास बैंक र कामना सेवा विकास बैंकले पनि साउन महिनामै कर्मचारीलाई बोनस खातामा पठाउने तयारी गरेका छन् ।

 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: