काठमाडौँ । बैंकिङ कसूरको मुद्दामा फरार रहेका प्रतिवादीहरु पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले उक्त मुद्दामा फरार मिलन डंगोललाई टोखाबाट र देव नारायण महर्जनलाई कलंकीबाट आज सोमबार पक्राउ गरेको हो ।
उनीहरुले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी झुक्यानमा पारी नेपाल इन्भेष्टमेन्ट बैंक र माछापुच्छ्रे बैंकका विभिन्न रकमका चेकहरु काटी दिएका थिए । अदालतले डंगोललाई ७ दिन कैद र १५ लाख रुपैयाँ जरिवाना तोकेको थियो भने महर्जनलाई ५ दिन कैद र १५ लाख रुपैयाँ जरिवाना तोकेको थियो ।
उनीहरुलाई फैसला कार्यान्वयनको लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको ब्युरोले जनाएको छ ।