×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चालू आर्थिक वर्षबाट दूधमा अनुदान बढेपछि भरतपुर महानगरपालिकाका किसान पशुपालनतर्फ आकर्षित

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

चालू आर्थिक वर्षबाट दूधमा अनुदान बढेपछि भरतपुर महानगरपालिकाका किसान पशुपालनतर्फ आकर्षित

५ श्रावण २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

चितवन । भरतपुर महानगरपालिकाले किसानलाई दूधमा प्रतिलिटर  तीन अनुदान दिने भएको छ । विगत दुई वर्षदेखि प्रतिलिटर दूधमा रु एक अनुदान दिँदै आएको महानगरपालिकाले चालू आर्थिक वर्षमा प्रतिलिटर रु दुई बढाएको हो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार दूधको गुणस्तर र उत्पादन वृद्धि गरेर किसानलाई प्रत्यक्ष लाभ पु¥याउने उद्देश्यले अनुदान रुकममा वृद्धि गरिएको हो । यसबाट किसान प्रत्यक्ष रुपमा लाभान्वित हुँदै उत्पादन बढ्ने महानगरपालिकाको लक्ष्य छ । किसानको समस्यालाई बुझेर लाभ पु¥याउने उद्देश्यले क्रमश वृद्धि गरी प्रतिलिटर रु ३ पु¥याइएको उनको भनाइ छ ।

हालसम्म सहकारीमार्फत अनुदान दिँदै आएकोमा यस वर्षबाट सोझै किसानको खातामा अनुदान पठाउने तयारी गरिएको प्रमुख दाहालको भनाइ छ । यस कार्यक्रमबाट महानगरभित्रका १० लाखभन्दा बढी किसान प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन् । प्रमुख दाहालका अनुसार गत आर्थिक वर्षमा दूधमा रु एक करोड ५८ लाख १५ हजार ८४४ अनुदान दिइएको छ । चौवालिस सहकारी, पाँचवटा कृषि फार्म र एक समूहले अनुदान पाएका हुन् । अघिल्लो आर्थिक वर्षमा एक करोड ६२ लाख ६१ हजार ५८७ अनुदान दिइएको महानगरपालिकाले जनाएको छ । महानगरपालिकामा जनप्रतिनिधि आएसँगै प्रतिलिटर २५ पैसा अनुदान दिएर कार्यक्रम शुरु गरिएको थियो ।

यहाँ दैनिक एक लाख लिटर हाराहारी दूध उत्पादन हुने तथ्याङ्क छ । केही वर्षअघि गरिएको सर्वेक्षणमा वार्षिक तीन करोड ३२ लाख लिटर दूध उत्पादन हुने गरेको तथ्याङ्क सङ्कलन भएको थियो । यस आर्थिक वर्षमा दूधमा अनुदान दिन पाँच करोड १० लाख विनियोजन गरिएको छ । भरतपुर महानगरपालिकाको कृषि तथा पशुपंक्षी व्यवसाय प्रवद्र्धन शाखा प्रमुख मेघराज ढकालका अनुसार महानगरभित्र १५६ गाई र १५ भैँसीका व्यावसायिक फार्म छन् । महानगरपालिकाले गत आर्थिक वर्षमा अनुदानका लागि एक करोड ७० लाख रकम विनियोजन गरेको ढकालले जानकारी दिए । महानगरपालिकाले कार्यविधि बनाएर अनुदान दिँदै आएको छ ।

सहकारी संस्थामा दूध बिक्री गर्ने किसानलाई सहकारीमार्फत समन्वय गरेर अनुदान दिइएको उनको भनाइ छ । निजको हकमा दुग्ध विकास संस्थानमा दूध बेचेको प्रमाणित अभिलेखको आधारमा अनुदान दिइने गरेको छ । ढकालले यति धेरै रकम अनुदानका लागि विनियोजन गर्ने भरतपुर पहिलो भएको बताए । ढकालका अनुसार एउटै सहकारीले १९ लाख दुई हजार ११० सम्म अनुदान पाएर किसानलाई वितरण गरेको छ । भरतपुर महानगरपालिका–६ स्थित अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्थाले सबैभन्दा बढी अनुदान पाएको हो । संस्थाका अध्यक्ष ऋषिराम चापागाईले अनुदान बढाइएसँगै सबै किसान थप लाभान्वित भएको बताए। -रासस

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: