×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

आन्तरिक हवाईमार्फत आवतजावत गरेका यात्रुले दिए यस्तो प्रतिक्रिया (भिडियो रिपोर्ट)

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । कोभिड – १९ महामारीका कारण बन्द भएको आन्तरिक हवाई उडान आजबाट सुरु भएको छ । कोभिड – १९ महामारीको संक्रमणलाई ध्यान दिदैँ सरकारले वैशाख १६ देखि निषेधाज्ञा जारी गरेसँगै वैशाख २० गतेदेखि आन्तरिक उडान बन्द गरेको थियो । बिहीबार देखि आन्तरिक उडान सुचारु भएको हो । आन्तरिक उडान खुलेसँगै देशका विभिन्न भेगबाट मानिसहरुलाई काठमाडौं आउन र काठमाण्डौ बाहिर जान सहज भएको छ । हवाई यात्रामार्फत् विभिन्न ठाउँबाट काठमाडौं उत्रिनुभएका यात्रुहरुले फेसशिल्ड, मास्क र सेनिटाइजरलगायतको व्यवस्थासहित सुरक्षित तवरले विमानस्थल उत्रिएको प्रतिक्रिया दिनुभएको छ ।
उडान खुलेको पहिलो दिन विमानस्थलमा भीडभाड बढेको देखिएको छ । स्वास्थ्य सावधानी अपनाउन यात्रु बीच भौतिक दुरीको पालना गराउन सकिएन भने कोरोना संक्रमणको जोखिम बढ्ने देखिन्छ । बर्षाको समयमा स्थलयात्रा गर्नका लागि सडकहरुमा बाढी, पहिरो र दुर्घटनाको जोखिम बढ्ने कारणले यात्रुहरुको रोजाई हवाई मार्ग हुने गरेको छ । आज पहिलो दिनदेखि नै आन्तरिक टर्मिनल भवनमा यात्रुहरुको चाप अत्याधिक रहेको छ । काठमाडौंमा यातायातको साधन जोरविजोर प्रणालीमा खुलेर मानिसहरुलाई आवतजावतमा रोक नलगाइदा विमानस्थलमा मानिसलाई लिन जाने र पु¥याउन जानेहरुलाई सहज भएको छ । कोरोना संक्रमणबाट जोगिनका लागि विमानस्थलमा पनि जनस्वास्थ्यको कडा मापदण्ड परिपालना गराउनुपर्ने देखिन्छ । हेर्नुहोस् भिडियो :

प्रतिक्रिया दिनुहोस्

सिफारिस: