×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बुधबारदेखि अपि पावर कम्पनीको सर्वसाधारण समूहको २ लाख १५ हजार ५९९ कित्ता सेयर लिलामीमा आउँदै, भाउ छ कति ?

काठमाडौं । साउन १३ गते अर्थात बुधबारदेखि अपि पावर कम्पनीले सर्वसाधारण समूहको २ लाख १५ हजार ५९९ कित्ता सेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीको सो सेयरमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर वा सोभन्दा बढी भाउ तोकी बोलकबोल माध्यमबाट आवेदन दिनुपर्नेछ ।
यसमा साउन २० गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले यसअघि ५६ लाख ७० हजार कित्ता (२९.३८%) हकप्रद सेयर बिक्री खुला गरेको थियो । सबै सेयर नबिकेपछि कम्पनीले बाँकी रहेको सेयर लिलामीमा ल्याएको हो । यसमा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल हात्तिसार मार्ग, कमलादीबाट आवेदन दिन सकिनेछ ।
मुक्तिनाथ विकास बैंकको भक्तपुर, ललितपुर, इटहरी, इलाम, पोखरा, बुटवल, विराटनगर, विरगञ्ज, नारायणगढ, सुर्खेत, नेपालगंज, धनगढी र जनकपुर शाखा कार्यालयबाट पनि आवेदन दिन पाइनेछ । हकप्रद र लिलामी सेयर बिक्रीपछि चुक्ता पूँजी २ अर्ब ४९ करोड ६७ लाख ५६ हजार रुपैयाँ पुग्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: