×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना अघि बढाउन माग

GLOBAL IME BANK

बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना अघि बढाउन माग

३ श्रावण २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थसरोकार सम्बाददाता

बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना अघि बढाउन माग गर्दै आयोजना प्रभावित क्षेत्र र गोरखा तथा धादिङका बासिन्दाले अर्थमन्त्री जनार्दन शर्मालाई भेटेका छन् ।

गोरखा क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सांसद हरिराज अधिकारीको नेतृत्वमा अर्थमन्त्री शर्मालाई भेट्न गएको टोलीले बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना यही सरकारले नै प्राथमिकताका साथ अगाडि बढाउन पनि माग राखेको छ ।

आयोजनाबाट प्रभावित क्षेत्रका बासिन्दालाई मुआब्जा निर्धारण गर्दा ह्रासकट्टी गरेर दिँदा समस्या भएको र पुनर्बासका काम छिटो छरितो गरी सञ्चालन हुन नसकेको बारे पनि उनीहरुले अर्थमन्त्री शर्मासँग गुनासो गरेका छन् ।

अर्थमन्त्री शर्माले भने आयोजनाको अवस्था बारे बुझेर मात्रै जानकारी दिने बताएका छन ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: