×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डिभिजन वन कार्यालयद्धारा पीडित परिवारलाई १६ लाखभन्दा बढी आर्थिक सहयोग

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

डिभिजन वन कार्यालयद्धारा पीडित परिवारलाई १६ लाखभन्दा बढी आर्थिक सहयोग

१४ श्रावण २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

तनहुँ । चितुवाको आक्रमणबाट क्षति भएका पीडित परिवारलाई १६ लाखभन्दा बढी राहत रकम वितरण गरिएको छ । आर्थिक वर्ष २०७७/७८ को अवधिमा तनहुँ जिल्लाका विभिन्न भागमा चितुवाको आक्रमणबाट क्षति भएका पीडित परिवारलाई डिभिजन वन कार्यालय तनहुँले १६ लाख ५९ हजार १०४ राहत रकम वितरण गरेको हो ।

गत आवमा चितुवाको आक्रमणबाट एक जना बालकको मृत्यु भएको थियो । शुक्लागण्डकी नगरपालिका–२ मसारका ११ महिनाका बालक नारायण रानाको चितुवाको आक्रमणबाट मृत्यु भएपछि कार्यालयले पीडित परिवारलाई १० लाख उपलब्ध गराएको डिभिजन वन प्रमुख कोमलराज काफ्लेले जानकारी दिनुभयो । नेपाल सरकार वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत वन्यजन्तुको क्षतिको राहत निर्देशिका, २०६९ संशोधित २०७५ बमोजिम वन्यजन्तुको आक्रमणमा परी सामान्य घाइते भएमा ५० हजारसम्म, गम्भीर घाइते भएमा दुई लाखसम्म र मृत्यु भएमा अधिकतम १० लाखसम्म उपलब्ध गराउने व्यवस्था छ ।

त्यस्तै उक्त अवधिमा जिल्लाका विभिन्न ठाउँमा चितुवाको आक्रमणबाट गाई, भैँसी, सुँगुर/बङ्गुर, बाख्रा/भेडाको मृत्यु भएको थियो । क्षतिको मूल्याङ्कन गरी कार्यालयले पीडितलाई राहत वितरण गरेको छ । २१ लाख ८६ हजार ७०४ को क्षति मूल्याङ्कन गरिएकामा १६ लाख ५९ हजार १०४ वितरण गरिएको कार्यालयका सहायक वन अधिकृत काशीराज पण्डितले जानकारी दिनुभयो ।

चितुवाको आक्रमणबाट तीन गाई मृत्युबापत १८ हजार, एक भैँसी मृत्युबापत पाँच हजार, चार सुँगुर/बङ्गुर मृत्युबापत २६ हजार र ५९ बाख्रा र भेडा मृत्युबापत चार लाख राहत प्रदान गरिएको छ । त्यस्तै चितुवाको आक्रमणबाट तीन जना घाइते भएकामा दुई लाख १० हजार १०४ राहत दिइएको पण्डितले बताउनुभयो ।-रासस

 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: