×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटी एक्सप्रेस मनी ट्रान्सफर र कोरोना पे यूरोपबीच सम्झौता, १२ हजारभन्दा बढि एजेन्टहरुबाट भुक्तानी लिन सकिने

GLOBAL IME BANK
SHREE KESH

सिटी एक्सप्रेस मनी ट्रान्सफर र कोरोना पे यूरोपबीच सम्झौता, १२ हजारभन्दा बढि एजेन्टहरुबाट भुक्तानी लिन सकिने

३ श्रावण २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौं । साईप्रसको ख्याति प्राप्त कोरोना पे र सिटी एक्सप्रेस मनी रेमिट्यान्सबीच रेमिट्यान्स कारोबार सुरु भएको छ । साईप्रस, यूके, जर्मनी, डेनमार्क, स्पेन, इटाली र फ्रान्समा रहेका नेपालीहरुले कोरोना पेको सेवा प्रयोग गरी सिटी एक्सप्रेसमार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् ।

साथै नेपालमा सिटी एक्सप्रेससँग आबद्ध १२ हजारभन्दा बढि एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिन्छ र छिट्टैनै नेपालको जुनसुकै बैंकको खातामा पनि रकम जम्मा गर्न सकिनेछ । सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र कोरोना पेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत न्भिद प्यशयिखले हस्ताक्षर गरेका हुन् ।

सिटी एक्सप्रेसले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १५ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १२ हजार भन्दा बढि भुक्तानी केन्द्रहरुमार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: