काठमाडौं । स्वार्थ बाझिने गरी सर्वोत्तम सिमेन्टको सेयर छोरीका नाममा किनेर विवादमा तानिएका नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानालाई पदबाट बर्खास्त गर्ने तयारी भएको छ । लगानीकर्ताहरुले नैतिकताको आधारमा उनले राजीनामा दिनुपर्ने र यदि नैतिकताको आधारमा राजीनामा नदिएको खण्डमा भने सरकारलेनै उनलाई बर्खास्त गरिदिनुपर्ने माग गरेका हुन् ।
उनले धितोपत्र बोर्डका बोर्ड सदस्यको आचारसंहिता २०७४ मा ‘बोर्ड सदस्यले (अध्यक्षसहित) बोर्डबाट अनुमति प्राप्त धितोपत्र व्यवसायी, सूचीकृत संगठित संस्था तथा कारोबारमा आफ्नो पद र नाम दुरुपयोग गरी कुनै पनि किसिमको व्यक्तिगत तथा पारिवारिक फाइदा हुने क्रियाकलापमा संलग्न हुनु हुँदैन’ भन्ने उल्लेख हुँदाहुँदै पनि पदको दुरूपयोग गर्दै आफ्नी छोरी रेबिका ढुंगानाको नाममा ४०३३९१८९ देखि ४०३५११०० सम्मको ११ हजार ९१२ कित्ता सेयर किनेर राखेका थिए ।
यस्तै धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ७ मा अध्यक्षको नियुक्ति सम्बन्धि व्यवस्थाको दफा ७ को उपदफा ६ मा अध्यक्षको पदावधि चार वर्षको हुने र निज पुनः बढीमा चार वर्षको लागि नियुक्त हुन सक्ने व्यवस्था छ र सोहि दफाको उपदफा ७ मा अध्यक्षले बोर्डलाई हानि नोक्सानी पुर्याई बोर्डको हित वा पूँजी बजारको विकास विपरित हुने गरी काम कारबाही गरेमा नेपाल सरकारले उनलाई हटाउन सक्ने व्यवस्था रहेको छ । जाँचबुझ समितिको गठन गरी सो समितिको सिफारिसमा अध्यक्षको पदबाट हटाउन सक्ने व्यवस्था सो ऐनले गरेको हो ।

उक्त ऐनअनुसार जाँचबुझ समितिको गठन गरी उनलाई अध्यक्षको पदबाट हटाउने तयारी भएको हो । यस्तै उनिविरुद्द अख्तियार अनुसन्धान आयोगमासमेत भ्रष्टाचारको उजुरीसमेत परेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्