Skip to content
LAXMI SUNRISE BANK

धितोपत्र बोर्डका अध्यक्षलाई बर्खास्त गर्ने गरी प्रक्रिया सुरु, लिखित स्पष्टीकरण माग, छानविन समिति गठन हुँदै !

अर्थ सरोकार

काठमाडौं । धितोपत्र बोर्डका अध्यक्षलाई बर्खास्त गर्ने गरी प्रक्रिया सुरु गरिएको छ । अर्थमन्त्रालयले बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई बर्खास्त गर्ने गरी प्रक्रिया सुरु गरेको हो । अध्यक्ष ढुंगानाले कानुन विपरित सर्वोत्तम सिमेन्टको सेयर किनेको प्रमाण देखिएपछि अर्थ मन्त्रालयले ढुंगानालाई बर्खास्त गर्ने गरी प्रक्रिया अघि बढाएको हो । यस्तै अध्यक्ष ढुंगानालाई मन्त्रालयले लिखित स्पष्टीकरण पनि मागेको छ ।

उनले धितोपत्र बोर्डका बोर्ड सदस्यको आचारसंहिता २०७४ मा ‘बोर्ड सदस्यले (अध्यक्षसहित) बोर्डबाट अनुमति प्राप्त धितोपत्र व्यवसायी, सूचीकृत संगठित संस्था तथा कारोबारमा आफ्नो पद र नाम दुरुपयोग गरी कुनै पनि किसिमको व्यक्तिगत तथा पारिवारिक फाइदा हुने क्रियाकलापमा संलग्न हुनु हुँदैन’ भन्ने उल्लेख हुँदाहुँदै पनि पदको दुरूपयोग गर्दै आफ्नी छोरी रेबिका ढुंगानाको नाममा ४०३३९१८९ देखि ४०३५११०० सम्मको ११ हजार ९१२ कित्ता सेयर किनेर राखेका थिए ।

यस्तै धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ७ मा अध्यक्षको नियुक्ति सम्बन्धि व्यवस्थाको दफा ७ को उपदफा ६ मा अध्यक्षको पदावधि चार वर्षको हुने र निज पुनः बढीमा चार वर्षको लागि नियुक्त हुन सक्ने व्यवस्था छ र सोहि दफाको उपदफा ७ मा अध्यक्षले बोर्डलाई हानि नोक्सानी पुर्याई बोर्डको हित वा पूँजी बजारको विकास विपरित हुने गरी काम कारबाही गरेमा नेपाल सरकारले उनलाई हटाउन सक्ने व्यवस्था रहेको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK