हेटौंडा । वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले अति निम्न किसानको हातमा १० लाख रुपैयाँ दिएर उद्यमी बनाउन सरकार प्रयासरत रहेको बताएका छन् । मन्त्रालयले यहाँ आयोजना गरेको कार्यक्रममा उनले उक्त लगानीले कोरानाका कारण गाउँ गएका र हातमा सीप भएका विपन्न वर्गको आर्थिकस्तर उकास्ने बताए । यस्ता लगानी साना पौरखी हातका लागि भएकाले उनले उक्त रकम मान्द्रो, डोको, ठेकी बनाउनेलाई उद्यमी बनाउनेतर्फउन्मुख हुनेमा जोड दिए ।
ठूलो रकम ऋण लगानी गर्दा टाठाबाठाको हातमा मात्र पुग्ने र लक्षित वर्ग प्रभावित नहुने कारण सानो रकम लगानी गरिएको मन्त्री ढुङ्गेलको भनाइ छ । गाउँमा मौरीपालन, पशुपालन र दुग्ध उत्पादनबाट मनग्य आम्दानी गर्नका लागि किसानलाई उक्त लगानी लिन उनको अनुरोध छ । उक्त लगानी आव २०७७/७८ मा प्रदेश सरकारले साना किसान विकास लघुवित्त वित्तीय संस्थामार्फत ६० करोड ५० लाख ७५ हजार रुपैयाँ छ । कृषि विकास बैंकबाट लगानी गरिएको ६० करोड रुपैयाँमध्ये प्रदेशका ३५० कृषकले ५२ करोड ९३ लाख ६३ हजार रुपैयाँ रहेको मन्त्री ढुङ्गेलले बताए ।
प्रदेशभित्र ६५ कृषि विकास बैंकका शाखा कार्यालयमार्फत सो ऋण लगानी कार्यक्रम विस्तार तथा साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका १८१ साना किसान कृषि सहकारीमार्फत ऋण लगानी कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ छ । मन्त्री ढुङ्गेलले १३ वटै जिल्लामा अक्सिजन प्लान्ट, शीत भण्डारण, कभर्डहल, रङ्गशालालगायतका लागि बजेट विनियोजन गरिएको मन्त्री ढुङ्गेलले जनाए । प्रदेशमा ६१ अर्ब रुपैयाँ राजस्व उठेको मन्त्रालयका सचिव दण्डुराज घिमिरेले बताए । छुट र सुविधाका कारण लक्षित राजस्व उठाउन सफल भएको उनको भनाइ छ । आव २०७७/७८ मा ६१ अर्ब रुपैयाँ राजस्व उठेको उनले जनाए । प्रदेशको बेरुजु हिसाबमा पेश्की रहेका कारण यसमा पनि सफल भएको सचिव घिमिरेको भनाइ छ । बेरुजु हिसाब रु ९८ करोड ८३ लाख रहेको उनले जानकारी दिए । -रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्