×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

आरविवि म्युचुअल फन्ड-१ को इकाई बाँडफाँड, यसरी हेर्नुहोस् रिजल्ट

काठमाडौं । आरविवि म्युचुअल फन्ड–१ को इकाई बाँडफाँड भएको छ । आरविवि मर्चेण्ट बैंकिङले असार २३ गतेदेखि २७ गतेसम्म सार्वजनिक निष्कासनमार्फत बक्री गरेको इकाई बिहीबार बाँडफाँड गरेको हो । इकाई बाँडफाँड सम्बन्धी विवरण सीडीएस एन्ड क्लियरिङ र आरविवि मर्चेन्ट बैंकिङको वेबसाइटबाट हेर्न सकिनेछ ।
योजनाको इकाईमा मागभन्दा बढी आवेदन परेकाले योजनाको आकारमा २५ प्रतिशत थप गरी १ अर्ब २५ करोड बराबरको १२ करोड ५० लाख इकाई कायम गरी रितपूर्वक आवेदन दिने आवेदकलाई इकाई बाँडफाँड गरिएको छ । योजनाले प्रतिइकाई १० अंकित दरको १० करोड इकाई बिक्रीमा ल्याएको हो । आरविवि म्युचुअल फन्डको व्यवस्थापनमा सञ्चालन हुन लागेको यो पहिलो म्युचुअल फन्ड हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: