- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपालको संचालकमा मिता मुरारका अग्रवाल नियुक्त भएकी छिन् । साउन १ गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालक सदस्यमा बाँकी कार्यकालको लागि मुरारका लाई नियुक्त गरेको हो ।
उक्त बैठकले प्रथम वार्षिक साधारणसभाबाट नियुक्त भएका सञ्चालक दिपेन्द्र अग्रवालको राजीनामा स्वीकृत गरी रिक्त रहेको उक्त पदमा बाँकी कार्यकालको लागि उनलाई नियुक्त गरेको हो ।