काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र अर्गानिक नेपाल सहकारी संस्था लिमिटेडबीच सम्झौता भएको छ । बैंक र सहकारीबीच कृषि अनुदान कर्जामा साना किसानको पँहुच बढाउने प्रयोजनार्थले सम्झौता भएको हो । ग्लोबल आइएमई बैंक लिमिटेडमा आयोजित एक कार्यक्रमबीच बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र अर्गानिक नेपाल सहकारी संस्था लिमिटेडका तर्फबाट अध्यक्ष केशव लाल श्रेष्ठबीच सहुलियतपूर्ण कर्जा प्रदान गर्ने सम्बन्धमा सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
सम्झौता अनुसार ग्लोबल आइएमई बैंकले सहुलियतपूर्ण कर्जाको एकिकृत कार्यविधि, २०७५ (संशोधन सहित) अन्तर्गत अर्गानिक नेपाल सहकारीको सिफारिसमा सहकारीका सेयर सदस्य, उद्यमी, कृषक, फर्म तथा कम्पनीलाई कर्जा उपलब्ध गराउने छ । यसै सम्झौता अनुसार कर्जा लिने साना किसानहरुलाई सहकारीले आवश्यक तालिमको पनि व्यवस्था गर्नेछ । मुलुकभर तथा मुलुक बाहिर शाखा सञ्जाल रहेको ग्लोबल आइएमई बैंकले बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले ७ वटै प्रदेश तथा ७६ जिल्लामा २७३ शाखा, २४८ एटीएम, २५७ शाखा रहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८०० भन्दा बढि सेवा केन्द्रबाट ग्राहकवर्गलाई सेवा प्रदान गरिरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्