काठमाडौं । साताको कारोबारको पाचौं दिन बिहीबार सुनको मूल्य बढेको छ । बुधबार प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुनको मूल्य आज ३ सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । यस्तै तेजावी सुनको मूल्य पनि ३ सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य भने १५ रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ७९ हजार २ सय २० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ७८ हजार ७ सय ९० रुपैयाँ कायम गरेको छ । यस्तै प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ८९ रुपैयाँ कायम गरिएको छ ।