काठमाडौं । ग्रामीण विकास लघुवित्तको वार्षिक साधारणसभा हुने भएको छ । कम्पनीको छैठौँ वार्षिक साधारणसभा भदौ ५ गते गते शनिबार हुने भएको हो । कम्पनीले उक्त साधारणसभा अनलाइन भर्चुअल माध्यमबाट गर्ने भएको छ । सभाले अन्य कुनै लघुवित्तसँग मर्जर अथवा एक्विजिशन सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ।
यसका साथै संस्थापक समूह अन्तर्गतका नेपाल सरकार र नेपाल राष्ट्र बैंक बाहेकका बैंक तथा वित्तीय संस्थाहरु, कम्पनी, संस्था र सेयर सदस्यहरुबाट प्रतिनिधित्व हुने गरी आपसी समझदारीबाट मनोनित वा निर्वाचित हुने २ जना सञ्चालक चयन गर्ने, सर्वसाधारण समूह अन्तर्गत सेयरधनीहरु मध्येबाट निर्वाचित हुने २ जना सञ्चालक चयन गर्ने र लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि पारित गर्नेछ।
साधारणसभा प्रयोजनार्थ लघुवित्तले साउन २५ गतेदेखि भदौ ५ गतेसम्म सेयरधनी दर्ता किताब (बुकक्लोज ) गर्ने भएको छ। यस अनुसार साउन २४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले सो सभामा सहभागिता जनाउन सक्नेछन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्