×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्रामीण विकास लघुवित्तको छैठौँ वार्षिक साधारणसभा भदौ ५ गते हुने, यस्ता छन् पारित हुने मुख्य एजेण्डा

GLOBAL IME BANK
SHREE KESH

ग्रामीण विकास लघुवित्तको छैठौँ वार्षिक साधारणसभा भदौ ५ गते हुने, यस्ता छन् पारित हुने मुख्य एजेण्डा

१५ श्रावण २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । ग्रामीण विकास लघुवित्तको वार्षिक साधारणसभा हुने भएको छ । कम्पनीको छैठौँ वार्षिक साधारणसभा भदौ ५ गते गते शनिबार हुने भएको हो । कम्पनीले उक्त साधारणसभा अनलाइन भर्चुअल माध्यमबाट गर्ने भएको छ । सभाले अन्य कुनै लघुवित्तसँग मर्जर अथवा एक्विजिशन सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ।

यसका साथै संस्थापक समूह अन्तर्गतका नेपाल सरकार र नेपाल राष्ट्र बैंक बाहेकका बैंक तथा वित्तीय संस्थाहरु, कम्पनी, संस्था र सेयर सदस्यहरुबाट प्रतिनिधित्व हुने गरी आपसी समझदारीबाट मनोनित वा निर्वाचित हुने २ जना सञ्चालक चयन गर्ने, सर्वसाधारण समूह अन्तर्गत सेयरधनीहरु मध्येबाट निर्वाचित हुने २ जना सञ्चालक चयन गर्ने र लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

साधारणसभा प्रयोजनार्थ लघुवित्तले साउन २५ गतेदेखि भदौ ५ गतेसम्म सेयरधनी दर्ता किताब (बुकक्लोज ) गर्ने भएको छ। यस अनुसार साउन २४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले सो सभामा सहभागिता जनाउन सक्नेछन्।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: