×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

६२ लाखको लागतमा हेलम्बुका बाढीपीडितका घर निर्माण हुने, भयो गाउँपालिका र इन्द्रेणीबीच सम्झौता

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

६२ लाखको लागतमा हेलम्बुका बाढीपीडितका घर निर्माण हुने, भयो गाउँपालिका र इन्द्रेणीबीच सम्झौता

६ श्रावण २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

सिन्धुपाल्चोक । हेलम्बुका बाढी प्रभावितलाई अस्थायी आवास निर्माण शुरु भएको छ । लोकप्रिय टेलिभिजन कार्यक्रम इन्द्रेणीले विपदग्रस्त क्षेत्र हेलम्बुका प्रभावित १७ परिवारको अस्थायी आवास निमार्णको जिम्मा लिएको छ । हेलम्बु गाउँपालिकाको हल्दे, तिम्बुलगायतका बाढी प्रभावितको घर बनाउने जिम्मा लिएको इन्द्रेणीका अध्यक्ष कृष्ण कँडेलले जानकारी दिनुभयो ।

मङ्गलबार हेलम्बु गाउँपालिका र इन्द्रेणीबीच घर बनाउने सम्झौता भएको हो । तीन लाख ६६ हजार बराबरको अनुमानित लागतमा निर्माण हुने घरमा दुई कोठा, भान्छा, शौचालय र धारा हुनेछन् । हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पालाई कँडेलले ६२ लाख हस्तान्तण गरेर यथाशीघ्र घर निमार्णको काम अगाडि बढाउन आग्रह गर्नुभयो ।

कार्यक्रममा अध्यक्ष शेर्पाले हेलम्बुलाई सहयोग गरेकामा धन्यवाद दिँदै दशैँसम्ममा आफ्नै घरमा प्रभावित जनतालाई साररै छाड्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले हेल्भेटास नेपालबाट ४० र केयर नेपालबाट २० वटा निमार्णको सुरु भइसकेको जानकारी दिनुभयो । गाउँपालिकाले बनाएको मापदण्ड र प्राविधिक लागतअनुसार एकै किसिमको घर निर्माण गर्ने लक्ष्य लिइएको गाउँपालिकाले जनाएको छ ।

कूल १०७ घरपरिवार विस्थापित रहेको तथ्याङ्क रहे पनि करिब ९० घर पूर्णरूपमा क्षति भएको अध्यक्ष शेर्पाले बताउनुभयो । उहाँले अहिले अस्थायी आवास निर्माणलाई प्राथमिकता दिइएको र सरकारले दिने भनेको पाँच लाख आउनेबित्तिकै स्थायी आवासका निम्ति काम थाल्नेसमेत जानकारी दिनुभयो । मेलम्ची नगरपालिकामा पनि केयर नेपाललगायतले आवास निर्माण गर्ने बताइएको छ । -रासस

 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: