×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार असोजसम्म रोक्का

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार असोजसम्म रोक्का

Artha Sarokar

१४ श्रावण २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

 

काठमाडौं । हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार असोजसम्म रोक्का रहने भएको छ । दुई बैंकबीच असोजमा मात्रै एकिकृत कारोबार हुने भएपछि सेयर कारोबार पनि असोजसम्म रोक्का हुने भएको हो ।

नेप्सेले बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्नेरगाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन)सम्बन्धी विनियमावली, २०७३ को विनियम ६(१) बमोजिम गत बैशाख ३१ गतेबाट दुवै बैंकको सेयर कारोबार रोक्का गरेको आज विज्ञप्ति मार्फत जानकारी दिएको छ । हाल नेपाल स्टक एक्स्चेञ्जले दुवै बैंकको सेयर कारोबार रोक्का गरेको छ । दुई बैंकले गत बैशाख ३० गते मर्जरको सम्झौता गरेसँगै नेपाल स्टक एक्स्चेञ्जले हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार बैशाख ३१ गतेदेखि रोक्का गरिदिएको थियो ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी