काठमाडौं । हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार असोजसम्म रोक्का रहने भएको छ । दुई बैंकबीच असोजमा मात्रै एकिकृत कारोबार हुने भएपछि सेयर कारोबार पनि असोजसम्म रोक्का हुने भएको हो ।
नेप्सेले बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्नेरगाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन)सम्बन्धी विनियमावली, २०७३ को विनियम ६(१) बमोजिम गत बैशाख ३१ गतेबाट दुवै बैंकको सेयर कारोबार रोक्का गरेको आज विज्ञप्ति मार्फत जानकारी दिएको छ । हाल नेपाल स्टक एक्स्चेञ्जले दुवै बैंकको सेयर कारोबार रोक्का गरेको छ । दुई बैंकले गत बैशाख ३० गते मर्जरको सम्झौता गरेसँगै नेपाल स्टक एक्स्चेञ्जले हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार बैशाख ३१ गतेदेखि रोक्का गरिदिएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्