×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

होन्डाको ७०औं वार्सिकोत्सवको नाममा म्यासेन्जरमा ‘स्पाम’ आतंक, झुक्किएर पनि नखोल्नुहोला यस्तो लिङ्क

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

होन्डाको ७०औं वार्सिकोत्सवको नाममा म्यासेन्जरमा ‘स्पाम’ आतंक, झुक्किएर पनि नखोल्नुहोला यस्तो लिङ्क

Artha Sarokar

७ श्रावण २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । होन्डाको ७०औं वार्सिकोत्सवको शुभकामनासहितको म्यासेज लिङ्क अहिले म्यासेन्जरमा फैलिइरहेको छ । लिङ्कमा क्लिक गरेपछि स्कुटर उपहार जितेको सन्देशसहित केही नियमहरू राखिन्छ । उक्त लिङ्कसहितको म्यासेज पाँच ओटा ग्रुप अथवा कम्तिमा २० जनालाई पठाउनुपर्ने र आफ्नो ठेगाना दर्ता गराउनुपर्ने शर्त पनि राखिएको छ । त्यसपछि ५ देखि ७ दिनभित्रमा स्कुटर डेलिभर गरिने विषय उल्लेख गरिएको छ ।
तर तपाईं भने त्यहाँ दिइएको कुनै पनि नियम पालना नगर्नुहोस् । म्यासेन्जरमा आएको लिङ्क पनि नखोल्नुहोला । किनकि तपाईंलाई झुक्याएर तपाईंसँग सम्बन्धित सूचना सङ्कलन गर्न जारी गरिएको ‘स्पाम’ म्यासेज हो । यस्ता म्यासेजहरु हामीले सोचेजस्तो एकछिन झुक्याउन वा दुःख दिन मात्रै पठाइँदैन । बरु त्यस्ता म्यासेजहरु दूरगामी प्रयोजनका लागि पठाइएका हुन्छन् ।
यस्ता स्पामरहरूले तपाईंसँग सम्बन्धित सूचनामा पहुँच राख्न सक्छन् । कतिपय अवस्थामा फेसबुकलगायत सामाजिक सञ्जालमा अनधिकृत पहुँचको माध्यम पनि बन्न सक्छन् । यसो त होन्डाको ७०औं वार्षिकोत्सव सन् २०१८ सेप्टेम्बर २४ मै पुरा भैसकेको छ । नेपालमा म्यासेन्जर प्रयोगकर्ताको संख्या बढी भएकोले होन्डाको म्यासेन्ज लिङ्क सजिलै अनि छिटो फैलिन सक्ने भएकाले यस्तो गरिएको हो ।
CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी