×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मध्य भोटेकोशी जलविद्युत कम्पनीको ६० लाख कित्ता आइपीओमा कति पर्यो आवेदन ? साउन १७ गतेसम्म भर्न पाईने !

PRIME CA

मध्य भोटेकोशी जलविद्युत कम्पनीको ६० लाख कित्ता आइपीओमा कति पर्यो आवेदन ? साउन १७ गतेसम्म भर्न पाईने !

११ श्रावण २०७८, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीको आइपीओ १३ हजार ७५९ जनाले भरेका छन् । बिक्री प्रबन्धक ग्लोेबल आइएमई क्यापिटलले आइतबारसम्ममा १३ हजार ७५९ जनाले २९ लाख ५६ हजार ३२७ कित्ताका लागि २९ करोड ५६ लाख ३२ हजार ७०० रुपैयाँ बराबरको आवेदन दिएको जनाएको हो ।
कम्पनीले गत साउन ५ गतेदेखि सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावित क्षेत्रका लागि कुल ६० लाख कित्ता आईपीओ निष्कासन गरेको हो । कुल कित्तामध्ये सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका वडा नं (साविक लिस्ती गाविस र मार्मिङ गाविस) १ र ५,बाह्रविसे नगरपालिका वडा नं ५ र ६ (साविक गाती गाविस) तथा बाह्रविसे नगरपालिका वडानं ७ र ८ (साविक घुमथाङ गाविस र मानेश्रा गाविस) का बासिन्दाका लागि १८ लाख कित्ता र माथि उल्लेखित स्थानीयबाहेकका सिन्धुपाल्चोक जिल्लाका अन्य स्थानियका लागि ४२ लाख कित्ता आईपीओ छुट्याएको छ ।
लगानीकर्ताले आगामी साउन १७ गतेसम्म न्यूनतम ५० कित्तादेखि ४०० कित्तासम्ममा आवेदन दिन सक्नेछन् । उक्त समयमा मागअनुसार आवेदन नपरेमा भने साउन ३२ गतेसम्म आवेदन दिन सकिनेछ । सिन्धुपाल्चोक जिल्लामा ३६ वटा र काठमाडौमा सात वटा संकलन केन्दबाट दरखास्त फारम भर्न र रकम बुझाउन सकिने छ । साथै आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट पनि आईपीओमा आवेदन दिन सकिनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: