×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जीवन विकास लघुवित्तको आइपीओ बाँडफाँड भोलि, कहाँ र कति बजे हुन्छ ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २२ असार २०७८, मंगलवार

PRIME CA
laxmi sunrise bank

जीवन विकास लघुवित्तको आइपीओ बाँडफाँड भोलि, कहाँ र कति बजे हुन्छ ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको आइपीओ भोलि बुधबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलले कम्पनीको आइपीओ बिहान ९ बजे बाँडफाँडको तयारी भइरहेको जनाएको हो । संस्थाको आइपीओमा १५.८२ गुणाको आवेदन परेको छ । 
संस्थाको आइपीओमा २० लाख ८७ हजार ३ सय २० जना आवेदकले ३ करोड १२ लाख ९९ हजार ४१० कित्ताको लागि आवेदन दिएका थिए । जसअनुसार १ लाख ८४ हजार ८०१ जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्ने देखिन्छ भने १९ लाख २ हजार ५ सय १९ जना आवेदकको हात खाली हुने देखिएको छ ।
संस्थाले असार ११ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कूल १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: